बास्कोटाले भने : ८१ प्रतिशत हिन्दु छन, के को जनमत संग्रह ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बास्कोटाले भने : ८१ प्रतिशत हिन्दु छन, के को जनमत संग्रह ?



काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा ८१ प्रतिशत हिन्दु भएको देशमा धर्मको नाममा जनतम संग्रह गर्ने माग राख्नु जायज नभएको बताएका छन् ।

धर्मको संवेदनशिलतालाई टेकेर हिन्दु राज्यको नाममा जनमत संग्रहको रटान दिनु राम्रो नभएको उनले बताए । मंगलवार काभ्रेको धुलिखेलमा एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले राजनीति र धर्म फरक बिषय भएको बताएका छन् । मन्त्री बाँस्कोटाले राजतन्त्र फर्काउन धर्मलाई अस्त्रको रुपमा कसैले पनि प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् ।

मन्त्री बाँस्कोटाले धर्म संस्कृतीले बेग्लै बिषयको चित्र बोक्ने र राजतन्त्र बेग्लै बिषय भएकाले धर्म संस्कृतिको माला भित्र भावना भित्र, सहिष्णुताकै कारणले नेपाल अघि बढेको बताए । ‘धर्मको नाममा कोही पनि सल्बलाउन आवश्यक छैन’, मन्त्री बाँस्कोटाले भने ।

मन्त्री बाँस्कोटाले भने, ‘प्रगती सुशासनलाइ अवरोध पु¥याउनका लागि धर्मका नाममा आन्दोलनको नौटंकी नगर्न अनुरोध गर्दछु ।’ उनले प्रतिक्रियावादी विचार धारा त्यस आधारमा अगाडी बढाउन खोजिएको चियाको कपको तुफान र त्यसमा रमाउने, त्यसलाई उक्साउने फेरी कुनै त्यस्तै प्रवृत्ति देखिएकाले अब सरकार त्यसमा नअल्मलिने स्पष्ट गरेका छन् ।

उनले धर्मको संवेदनशिलतामा टेकेर नेपालको प्रगतीको बाटोलाई अवरुद्ध पार्ने काम भयोे, इतिहासले किनारा लगाएका तत्वहरु फेरी सल्वलाए भने कानुनले ठिक पार्ने छ । नेपालमा राजतन्त्र कहिलै नफर्नेमा ढुक्क हुन सबैसँग अनरोध समेत गरे ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले परिर्वतन नचाहने केही शक्तीले पुनः मुलुकलाई अस्थितरता तर्फ लैजान खोजेको भन्दै त्यो कुनै पनि हालतमा पुरा नहुने स्पष्ट पारे । ‘इतिहासबाटै अन्त्य भएको राजतन्त्र कुनै हालतमा फर्कदैन ढुक्क रहनुस्’, मन्त्री बाँस्कोटाले भने ।

सरकारले वार्ता÷संवादलाई अघि बढाउन तयार रहेको बताउँदै राज्यको नीति नियम मिचेमा कानुन अनुसार कारवाही गर्न सरकार बाध्य हुने छ भन्दै राज्यमा आंतक फैलाउनेसँग भने सरकारले कुनै पनि वार्ता नगर्ने उद्घोष समेत गरे ।

उनले तीनओटै तहका सरकारहरु अलमलिन नहुने बताए । मन्त्री बाँस्कोटाले जनप्रतिनिधिहरुको समय कम रहेकाले बहना देखाएर कामबाट अल्जिन नहुने बताए । मुलुक संघीय संरचनामा परिर्वतन भएसँगै त्यसको कार्यान्वयनमा केही समय सिक्ने कुरा लागे पनि अब जनतालाई गुणस्तरिय सेवा दिन आवश्यक रहेको मन्त्री बाँस्कोटाले बताए ।

जनताको नजरमा गिर्ने गरि कुनै पनि तहको नेतृत्वले काम गर्न नहुनेमा मन्त्री बाँस्कोटाले सबैलाई अनुरोध गरे । जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिलाई मन्त्री बाँस्कोटाले भने, ‘हाम्रो जाँचको परिक्षा एउटा बिन्दुबाट अगाडि बढेको छ, कसैको नजरमा गिर्नुहुँदैन ।’ काभ्रेमा केन्द्र र प्रदेशवाट हैन हरेक स्थानीय तहले आफ्नो योग्यता तथा क्षमताको आधारमा एक उत्कृष्ट काम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले परिर्वतन नचाहने केही शक्तीले पुनः मुलुकलाई अस्थितरता तर्फ लैजान खोजेको भन्दै त्यो कुनै पनि हालतमा पुरा नहुने बताए । इतिहासबाटै अन्त्य भएको राजतन्त्र कुनै हालतमा नफक्ने दाबी गरे । सरकार बाता संवाद अगाडि बढाउन तयार छ तर राज्यको नीति नियम मिचेमा कानुन अनुसार कारवाही गर्न सरकार बाध्य हुने छ भन्दै राज्यमा आंतक फैलाउने सँग भने सरकारले कुनै पनि बार्ता नगर्ने उद्घोष गरे ।