बाँस्कोटाको घरमा बम विस्फोटको आरोपमा देव गुरुङ पक्राउ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बाँस्कोटाको घरमा बम विस्फोटको आरोपमा देव गुरुङ पक्राउ



काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले बनाउँदै गरेको घरमा बम विस्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सदस्य देव गुरुङ छन् ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो ।

भक्तपुरको लोकन्थलीमा निर्माणाधीन बाँस्कोटाको घरको गेटमा बुधबार बिहान बम विस्फोट भएको थियो । पक्राउ परेका गुरुङ प्रहरीको खोजी सूचीमा थिए ।

यसअघि उनीमाथि दुर्गा प्रसाईंको घरमा पनि विस्फोट गराएको आरोप छ ।

सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि निवर्तमानमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए ।

बाँस्कोटा भने अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् ।