सूचना प्रविधि विधेयकमा मन्त्री बाँस्कोटाको व्यापक दबाब - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सूचना प्रविधि विधेयकमा मन्त्री बाँस्कोटाको व्यापक दबाब



काठमाडौं– सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदीय समितिलाई ब्यापक दबाव दिएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दबाव दिएका हुन् ।

पत्रकारसँग सरोकार नै नभएको सो विधेयकलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै उनले आपत्ति जनाए ।

समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ ।

मन्त्री बाँस्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरे । २ महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पु¥याउन नसकेको भन्दै मन्त्री बाँस्कोटाले समितिप्रति असन्तुष्टि व्यक्त गरे ।

‘सहमतिको नाममा सो विधेयक छलफल गरिएको दुई महिना बित्दा पनि पारित हुन नसक्नु राम्रो कुरा होइन,’ मन्त्री बाँस्कोटाले भने, ‘गलत चीजहरु छन् भने त्यसमा पनि काफी छलफल गरिएको छ, विज्ञहरुसँग समेत छलफल गरिएको सो विधयेक पारित गर्न ढिलाई गरिनु हुन्न ।’

मन्त्री बास्कोटाले सामाजिक संजालका कारण पीडितहरुको संख्या बढदै गएपछि त्यसलाई न्यूनिकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको दाबी गरे ।