बास्कोटाले भने: समाजवादी छोडौँ, कांग्रेस प्रवेश गरौँ - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

बास्कोटाले भने: समाजवादी छोडौँ, कांग्रेस प्रवेश गरौँ



काठमाडौं- नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीप्रति कटाक्ष गर्दै नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो हुने बताएका छन्।

बास्कोटाले सामाजिक सञ्‍जाल ट्विटरमार्फत यस्तो बताएका हुन्। उनले कांग्रेसको पुच्छर बन्‍ने पार्टी समाजवादी हुन नसक्ने र त्यस्तो पार्टी नक्कली हुने तर्क गरेका छन्।

उनले समाजवादीमा प्रवेश गर्नु भनेको कांग्रेस प्रवेश गरेसरह भएको तर्क गर्दै दुई पटक पार्टी प्रवेश गर्नुभन्दा एकैपटक कांग्रेसमा जानु राम्रो भएको टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, ‘जुन गोरुको सिंग छैन, त्यसको नाम तिखे?जसले पार्टी चोइट्यायो, त्यसको नाम एकीकृत? जो कांग्रेसको पुच्छर बनेको छ, त्यो समाजवादी? त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनुभन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला। किनभने दुईपल्ट के पार्टी प्रवेश गर्नु? ह्या एस !’

नेकपा एमालेबाट फुटाएर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका छन्। उनले संगठन विस्तारको कामलाई अघि बढाइरहेका छन्। तर, एमालेका नेताहरुले भने एकीकृत समाजवादीमा गएका १४ जना सांसद्‌हरुलाई कारबाहीको माग गरिरहेका छन्।