मलाई पनि चन्द्रागिरी लैजाउ भन्दै बास्कोटाको छटपटी - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

मलाई पनि चन्द्रागिरी लैजाउ भन्दै बास्कोटाको छटपटी



काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको माधव नेपाल समूह चन्द्रागिरी रिसोर्टमा पुगेपछि व्यंग्य गरेका छन् । उनले ‘मलाई पनि चन्द्रागिरि जाम–जाम लाग्याथ्यो, निम्तै दिएनन्’ भन्दै व्यंग्य गरेका हुन्।

एमाले विभाजन गरेर नयाँ दल दर्ताको क्रममा रहेका नेता माधव नेपाल हाँडीघोप्टे भएको टिप्पणी गरेका छन् ।आज मात्रै नेपाल आफूनिकटका सांसद तथा नेतालाई लिएर चन्दागिरि हिल्स रिसोर्टमा पुगेको विषयमा व्यंग्य गर्दै उनले हाँडीघोप्टेसमेत भनेका छन् ।

‘मलाई पनि चन्द्रागीरी जाम–जाम लाग्याथ्यो निम्तै दिएनन् । कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने ? भो आफू त गहतकै झोल खाईन्छ । किड्नीलाई राम्रो गर्छ रे’ उनले ट्वीटरमा लेखेका छन् । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीबाट अलग भएर नयाँ दल गठन गरेका वरिष्ठ नेता माधवकुमार नेपाललाई व्यंग्य गरेका छन्।