बुद्धको मूर्ति तोडफोड गरेर खासै फरक पर्दैन : बाँस्कोटा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बुद्धको मूर्ति तोडफोड गरेर खासै फरक पर्दैन : बाँस्कोटा



हिमालपोस्ट/काठमाडौँ-

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान् गौतमबुद्धको प्रतिमा तोडफोड भएको घटनाले कुनै फरक नपर्ने बताएका छन् । उनले यो घटनाले धार्मिक सद्भावमा खलल नपुग्ने पनि जनाएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एउटै घटनाले धार्मिक सहिष्णुता र सद्भावमा खलल हुन नसक्ने बताए ।

बुद्ध प्रतिमाहरू तोडफोड गर्नेको खोजी भइरहेको भन्दै उनले दोषीहरूलाई कानुनको दायरामा ल्याइने बताए।

नेत्रविक्रम चन्द नेतृत्वको समूहले शक्ति सन्चयका लागि वार्ता गर्न खोजेको भए सरकारले वार्ता नगर्ने उनको भनाइ थियो।