विष्णु पौडेलको काण्डबारे मन्त्री बाँस्काेटाले एकाएक कुरा फेरे - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

विष्णु पौडेलको काण्डबारे मन्त्री बाँस्काेटाले एकाएक कुरा फेरे



भैरहवा- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा गराउने जो कसैलाई पनि सरकारले नछाड्ने बताएका छन्।

मन्त्री बाँस्कोटाले रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री निवास बालुवाटार छेउको ललीता निवासको सरकारी जग्गा कीर्ते गर्नेलाई पानीमुनि गएपनि सरकारले नछाड्ने चेतावनी दिएका हुन्।

‘प्रधानमन्त्री निवास बालुवाटारका सरकारी जग्गा कीर्ते गरेर जसले आफ्नो नाममा बनाउने चेष्टा गर्‍यो, त्यो मुली व्यक्तिलाई पानीमुनि गएपनि छाड्दैनौं’, मन्त्री बाँस्कोटाले भने, ‘सरकारी जग्गा दुरुपयोग गर्ने कोही कसैप्रति कुनै पद वा ओहदाप्रति, कुनै दल वा विचारप्रति सरकार नतमस्तक हुन सक्दैन, हामी त्यसमा कठोर हुन्छौं, हामी कारबाही गर्छौं।’

उनले सरकारी जग्गामा काे-कसले कीर्ते गरे छानबिन गरेर कारबाही हुने प्रष्ट पारे।

बालुवाटारको जग्गाका सम्बन्धमा आफूले ‘नेकपा महासचिव बिष्णु पौडेल ठगिनु भयो र सरकारले क्षतिपूर्ति दिनुपर्छ’ भनेर नभनेको मन्त्री बाँस्कोटाकाे जिकिर थियाे।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘महासचिव पौडेलले तेश्रो पक्षबाट जग्गा लिनुभएको रहेछ, उहाँलाई सरकारले क्षतिपूर्ति दिने होइन, जोसँग किन्नु भएको हो उसैले हो क्षतिपूर्ति दिने, सरकारले क्षतिपूर्ति दिँदैन र दिने पनि भनेको छैन।’