कसले गरायो बास्कोटाको घरमा विस्फोट, पहिलै देखि प्रहरी तैनाथ किन ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कसले गरायो बास्कोटाको घरमा विस्फोट, पहिलै देखि प्रहरी तैनाथ किन ?



काठमाडौँ– ७० करोड कमिसन काण्डमा फसेका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहान शक्तिशाली बम विष्फोट भयो । निर्माणाधीन घर भएकाले मानवीय क्षती भने भएको छैन ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटमा बाँस्कोटाको घरमा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट बास्कोटाको घरमा भन्दा छिमेकीको गार्मा बढी क्षती भएको छ ।

बाँस्कोटा आफू मन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका थिए । मन्त्री पदबाट राजीनामा दिएपछि पनि उनै सुरक्षाका कारण परिवारसहित ओली निवासमै बस्दै आएका छन् ।

तर उनको निर्माणाधिन घरमा बुधबार बिहान विष्फोट हुँदा घरको पर्खाल र सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको छ । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ ।

घटना कसले घटायो भन्नेबारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

बास्कोटा सेक्युरिटी प्रेसको ७० करोड कमिसन काण्डमा परेदेखि नै उनको घरमा प्रहरीले नियमित सुरक्षा दिंदै आइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको यो भनाईले बास्कोटाको सुरक्षामा पहिले देखि नै खतरा थियो । त्यतिमात्र होइन विस्फोट हुनसक्ने सङ्केत भएरै नियमित सुरक्षा दिइएको हुनसक्ने छिमेकी बताउँछन ।

एक छिमेकीका अनुसार निर्माण हुँदै गरेको घरमा प्रहरीले नियमित सुरक्षा दिनु भनेको केहि पक्कै थियो भन्ने हो ।