बास्कोटाले भने: बन्दुकले माओवादीको क्रान्ति सकियो, अब विप्लव पनि सकिन्छन - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बास्कोटाले भने: बन्दुकले माओवादीको क्रान्ति सकियो, अब विप्लव पनि सकिन्छन



काठमाडौं– सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले बन्दुकको कारणले माओवादीको क्रान्ति सकिएको र विप्लव पनि त्यहि बाटोमा हिंडेकोले अझ छिटो सोद्धिने बताएका छन् ।

आइतबार सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार सधै वार्ताप्रति इमान्दार रहेको भन्दै विप्लव समूहका पछिल्लो गतिविधिले धमिलो पानीमा माछा मार्नेहरुलाई प्रोत्साहित पार्ने काम गरेको बताए । उनले दाउपेचका लागि सरकारले वार्ता गर्ने नभई लोकतान्त्रिक बाटोमा आउने भए सरकार वार्ता गर्न सँधै तयार रहेको उल्लेख गरे । उनले विप्लव समूह आफै संकटमा परेको बताउदै पार्टीको कार्यसमिति समेत भंग गरेको बताए ।

उनले माओवादीले गरेको १० बर्षीय जनयुद्धमा बन्दुकले हारेको बताए । माओवादीको त्यो गति भएको बताउदै उनले विप्लव समूह त्यहाँसम्म पनि पुग्न नपाउने बताए । उनले भने–“पहिला नदेखेको थियो र ? प्रति पक्राउ । कुन्नी के को मोल सबै देखियो ? तर लास्टमा बन्दुक सम्पूर्ण रुपमा हारेको हो कि होइन । जितेको के हो ? नेपाली जनता । जितेको के हो ? शान्ति । जितेको के हो ? लोकतन्त्र । त्यसैले नबुझेर होइन होला जस्तो लाग्छ । भड्क्या आत्मा भन्छन् नि असन्तुष्ठीले त्यस्तो भएको हुनुपर्छ । दाउपेचको ढंगले आउनुहुन्छ केही पनि पार लाग्दैन । सरकार दृढ छ । हिंसालाई पराजित गर्न कुनै पनि मुल्यमा । हिंसा नेपालले अस्वीकृत गरेको र पराजित गरेको विषय हो ।”

बास्कोटाले विप्लव समूहको गतिविधिले हतियार व्यवसायी मात्र खुसी हुने बताउँदै सरकारले वार्ता गरौं भनिरहेका बेला उनीहरुले गरिरहेको गतिविधिले पार नलाग्ने समेत बताए ।

उनले भने “यसबाट कुनै ढुंगा हानेर मैले त्यही ताकेको थिएँ त्यही पुग्यो भन्ने वाला छैन । उहाँहरुले कार्यसमिति नै भंग गर्नुभएको छ । त्यही संकट पैदा भएको छ । क्रान्तिको रुमानी सपनामा मान्छे अलमलिन सक्छ तर जब व्यँझिन्छ अनि आदीबाटो हिडेपछि फर्किन्छ मान्छे ।”

उनले विप्लव समूह माओवादी युद्धबाट असन्तुष्टिले भड्किएको आत्मा रहेको उल्लेख गरे ।