गोकुल बास्कोटा मत गणना नसकिँदै विजयी
काठमाडौं । काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा मत गणना नसकिँदै विजयी भएका छन् ।
बास्कोटा ५००९ मत गन्न बाँकी हुँदा ५७१८ मतले अगाडि छन् । यससँगै उनको जीत निश्चित बनेको छ ।
आयोगले गणना सकिएपछि विजयी घोषणा गर्नेछ ।
उनीसँग प्रतिस्पर्धामा कांग्रेसका शिव हुमागाईँ छन् ।