मन्त्री बास्कोटालाई १२ अर्ब भ्रष्टाचार गरेको आरोप लागेपछि... - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मन्त्री बास्कोटालाई १२ अर्ब भ्रष्टाचार गरेको आरोप लागेपछि…



काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटामाथि १२ अर्ब भ्रष्टाचार गरेको आरोप लागेपछि प्रमाणित भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्टीकरण दिएका छन्।

बिहीबार नेपाल सरकारका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा ओयोजित पत्रकार सम्मेलनमा प्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।

मन्त्री बाँस्कोटामाथि सरकारी सञ्चार प्रदायक नेपाल टेलिकमको फोरजी प्रणाली भित्र्याउने क्रममा १२ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। नेकपाकै केही नेताहरुले पनि फोरजी नेट्वर्क ल्याउने क्रममा ठूलो भ्रष्टाचार भएको बताउँदै आएका छन्।

१२ अर्ब भ्रष्टाचार गरेको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै पत्रकारले यसबारे प्रश्न गरेका थिए। मन्त्री बाँस्कोटाले यसको जवाफ आफूले संसदीय समितिमा दिइसकेको बताए।

‘१२ अर्व होइन १२ रुपैयाँ भ्रष्टाचार भएको कहीँ प्रमाणित हुन्छ भने म सम्पूर्ण कारबाही भोग्न तयार छु’ मन्त्री बाँस्कोटाले भने।

मन्त्री बाँस्कोटाले आफू यस्ता खालका गलत हल्लाको पछि नलाग्ने बताए।

नेकपा भित्र र बाहिरका नेताहरुले पनि फोरजी नेट्वर्क भित्र्याउने क्रममा भ्रष्टाचार भएकाले यसमा छानबिन हुनुपर्ने कुरा उठाउँदै आएका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यसअघि नेपाल टेलिकमा धेरै गोलमाल गरिएको भन्दै यसबारे मन्त्रीलाई सोध्ने बताएका थिए।