बसन्त मुरारीको १८ औं वार्षिकोत्सब सम्पन्न - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बसन्त मुरारीको १८ औं वार्षिकोत्सब सम्पन्न



बौनिया,कैैैलाली । कैलालीको बर्दगोरिया गाउपालिकामा अवस्थित बसन्त मुरारी माबि बौनियाको १८ औ बार्षिकोत्सब तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

बसन्त मुरारी बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष टंक कुँवरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कैलाली क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य झपट रावल रहेका थिए । यसै गरि विशिष्ट अतिथिमा प्रदेश शभा ‘ख’ का सांसद नन्द बहादुर साउद र बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौरा थारु रहेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य पदमा साउदको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष भगवति डगौरा थारु,वडा नं. १ का अध्यक्ष जयरुप खतिवडा, वडा नं. ३ का अध्यक्ष करने सुनार,कार्यपालिका सदस्य गोमा विक,कोकीला खत्री,बुदे बादी,नेकपा बर्दगोरीया अध्यक्ष राम बहादुर साउद,नेपाली कांग्रेस बर्दगोरीया सचिव देवानन्द जोशि,राप्रपाका मित्र बहादुर घर्ति मगर,जनमोर्चाका रुपा आले मगर,कैलाली उद्योग बाणिज्य संघका उपाध्यक्ष शिवराज कुँवर,सहारा घरका अध्यक्ष बल बहादुर विष्ट,सडकपुर बौनिया युवा क्लवका अध्यक्ष जिवन वि सी,मुडा बजार विकास समितिका अध्यक्ष मिथुन गौतम, लगाएत विभिन्न विद्यालयका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पत्रकारीताका माध्यमबाट यस क्षेत्रको विकास र विद्यालय प्रति सकरात्मक सोचका साथ विद्यालयको विकासमा योगदान पुर्याए वाफत पुर्व विदयार्थीका हैसीएतले कृष्ण प्रसाद ओझा(पदम),विद्यालयको पुर्व विद्यार्थी एवम हाल राष्ट्रको सेवामा लागेका प्रहरी निरीक्षक धर्मराज जोशि (घोडासैनी),राष्ट्रिय प्रारम्भिक पढाई कक्षाका उप समिति सदस्य विमला सुनार र पुर्व विद्यालय व्यवस्थापन समितिका सदस्य हिरा देवि चौधरीलाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

कार्यक्रममा विद्यालयमा अतिरिक्त क्रियाकलापमा प्रथम द्दितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थी हरुलाई पुरस्कार प्रदान गरिएको थियो । यसै गरि बिधालयमा कक्षा १ देखी १२ कक्षा सम्म प्रथम स्थानमा राम्रो अंक ल्याएर उतिर्ण हुने छात्रा,छात्र हरुलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो । यसै गरि बिधालयमा अनुशासन भएर बस्ने बिद्यार्थी हरुलाई पनि सम्मान गरिएको थियो । यस्तै विद्यालयले खेलकुदका क्षेत्रमा विद्यालयलाई पुर्याएको योगदानको मुल्याङकन गर्दै कृष्णा,बम,प्रकाश एस के,फोरन बम लगाएत १० जना विद्यार्थीलाई एक जोड पोसाकका साथै विद्यालयले १२ कक्षा सम्म निशुल्क पढाउने विद्यालयका प्रार्चाय भुमि प्रकाश बमले जानकारी दिए।

कार्यक्रममा विद्यार्थीले बनाएका शैक्षिक सामग्री हरुको प्रदर्शनी पनि गरिएको थियो । कार्यक्रममा विद्यालयको भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रार्चाय भुमि प्रकाश बमले आर्थिक वर्ष २०७५÷०७६ को ३ करेड, १४ लाख, ५१ हजार, २ सय ९१ रुपैया बराबरको आय व्यय पस्तुत गर्नुभएको थिए । जसमा विद्यालयको बैंक मौज्दातमा १ करोड, ३८ लाख,३८ हजार, ९ सय ४३ रुपैया रहेको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सहायक प्रार्चाय राकेश हमाल र शिक्षक प्रभुनाथ जैशिले गरेका थिए ।