वार्षिक प्रगति विवरण सार्वजनिक - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

वार्षिक प्रगति विवरण सार्वजनिक



कैलाली – घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाको वार्षिक प्रगती विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०७६ / ०७७ मा संचालन गरिएका बिभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमका बारेमा बिहीबार प्रगति विवरण सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा दरख स्वास्थ्य चौकी निम्दी , साडेपानी स्वास्थ्य चौकी, पहलमानपुर स्वास्थ्य चौकी र रामशिखरझाला स्वास्थ्य चौकी तथा नगरका अन्य प्राथमिक स्वास्थ चौकीहरुले समेत बर्षभरी गरेका कार्यक्रम,प्राप्त उपलब्धी, आवश्यकता र समस्याका बारेमा प्रतिबेदन प्रस्तुत थिए । साथै कार्यक्रममा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कैलाश कुमार रावतले नगरपालिकाले बर्षभरी गरेका कार्यहरुको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले नगरको स्वास्थ्य क्षेत्रमा बिगतको भन्दा केही सुधार हुदै गएको भएपनि चाहेजती उपलब्धी हासिल गर्न नसकेको बताए । उनले सबैको सल्लाह, सुझाव, प्रतिक्रिया तथा आवश्यकताको आधारमा स्वास्थ्यमा सुधार गर्दै लक्ष्य प्राप्त गर्ने तर्फ अग्रसर हुने बताए ।

घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको विशिस्ट अथितीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह रहेका थिए । कार्यक्रमको संचालन घोडाघोडी नगरपालिकाका सिनियर अहेव अधिकृत मीन बहादुर धामिले गरेका थिए ।