वर्षमान पुनको अस्पताल बसाई लम्बियो - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

वर्षमान पुनको अस्पताल बसाई लम्बियो



काठमाडौँ- उपचारका लागि चीनमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त माघ १० स्वदेश फर्किने भएका छन् । नेता पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् ।

कमलपित्त रोगबाट पीडित उनी केही हप्ता अघिदेखि चीनमा उपचार गराउँदै आएका थिए । चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य बनेको बताइएको छ ।

नेता पुनले चीनअघि थाइल्याण्डमा उपचार गराएका थिए । दुई साता अघि नै नेपाल आउने भनेका पुनको उपचार लम्बिएपछि उनी १० गते मात्रै फर्कने भएका हुन् ।