वर्षमानले ६ सय कटाउँदा एमालेका बुढालाई जम्मा ३८ मत
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले रोल्पामा सुरुवातमै एकलौटी मत पाएका छन् ।
प्रारम्भिक परिणामअनुसार उनले ६ सय ११ मत ल्याएका छन्। प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढाको ३८ मत मात्रै छ ।
पुनले यसअघि पनि रोल्पाबाटै फराकिलो मतान्तरले जित निकालेका थिए ।