वर्षा सिवाकोटीको मार्मीक स्टाटस: मेरो पनि गोप्य र व्यक्तिगत जीवन छ - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

वर्षा सिवाकोटीको मार्मीक स्टाटस: मेरो पनि गोप्य र व्यक्तिगत जीवन छ



काठमाडौं– नेपाली मिडियामा पछिल्लो समय समवेदनाको ब्यापार चलिरहेको भन्दै अभिनेत्री वर्षा सिवाकोटीले मार्मीक स्टाटस लेखेकी छन् । उनले मनोरञ्जनको नाममा कलाकारका गोप्य कुरा राखेर समवेदनाओ ब्यापार गर्नु गलत भएको बताएकी छन् । कलाकारहरु सार्वजनिक व्यक्ति भएकाले उनीहरुका सबै सबै कुरा सार्वजनिक चासोका विषय हुन्छन् भन्ने आम बुझाई भन्दा फरक तरिकाले वर्षाले यसलाई व्याख्या गरेकी छन् ।

नेपाली कलाकारका सानाभन्दा साना विषयले पनि मिडियामा हेडलाइन र गसिपको रुप लिइरहेका बेला वर्षाले उनीहरूका पनि गोप्य कुरा हुने र पर्दापछाडी सबैको व्यक्तिगत जीवन हुने भन्दै सामाजिक संजालमा लेखेकी छन् ।


सार्वजनिक र कलाकारिताभन्दा फरक र उनीहरुको व्यक्तिगत विषयलाई लिएर पनि सर्वसाधारणदेखि सञ्चारमाध्यममा उनीहरुमाथि तर्क भइरहेका हुन्छ्न। यो विषयलाई लिएर अभिनेत्री वर्षाले सार्वजनिक व्यक्तिको व्यक्तिगत जीवनको सम्मान हुनुपर्ने बताएकी छिन्। सामाजिक सञ्जालमार्फत उनी भन्छिन्, ‘पर्दाको चमकधमकपूर्ण जीवनभन्दा अलि पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ। तर, सार्वजनिक व्यक्तित्वको ट्यागमा उसको सबैकुरा सार्वजनिक ठानिन्छ र उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गरिन्छ।’

वर्षाले यस्ता कुरालाई लिएर मानविय संवेदना नसकिएको भएमा सच्याउनुपर्ने बताएकी छिन्। आफूले कुनै व्यक्तिगत कुरा सार्वजनिक गर्न नचाहनु र गोप्य राख्नु कलाकार र सार्वजनिक व्यक्तिले किन नपाउने भन्दै उनले प्रश्न गरेकी छन्।

‘एउटा कलाकारको जीवनमा पनि सुख दु:ख, उतार चढाव र आरोह अवरोह प्रशश्त हुन्छन्, पर्दा बाहिर निस्कने वित्तिकै यथार्थको भोगाईमा उसले जीवन बाँच्न अभिशप्त हुन्छ भन्ने कुरा सबैले बुझ्नपर्छ,’ वर्षा लेख्छिन्, ‘ केहि व्यक्तिगत कुरा म सार्वजनिक गर्न चाहन्न, गोप्य नै राख्छु भन्ने अधिकार एउटा कलाकार वा सार्वजनिक व्यक्तिले पाउँदैन र ? व्यक्तिको आत्मसम्मानमा ठेस पुग्नेगरि वा चित्त दुख्ने गरि सामाग्री बनाउँदा त्यो व्यक्तिलाई त्यसले कति असर गर्ला भनेर बेलैमा सोचौं । मनोरन्जनको नाममा मानिसको संवेदनाको ब्यापार बन्द गरौं।’