तनावमा बार्सिलोना र रियल मड्रिड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तनावमा बार्सिलोना र रियल मड्रिड



काठमाडौं । स्पेनिस क्लब फुटबलका दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको पछिल्लो भिडन्त २/२ गोलको बराबरीमा सकिएको छ ।

आइतबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको सिजनको अन्तिम ‘एल क्लासिको’मा घरेलु टोलीले दुईपटक अग्रता लिएरपनि खेल जित्न भने सकेन ।

निकै तनावपूर्ण खेलको १०औं मिनेटमा लुइस सुवारेजको गोलमार्फत् बार्सिलोनाले अग्रता बनायो । तर, १४औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका सर्जी रोबेर्टोले रातोकार्ड खाएपछि टोली १० जनामा समेटियो ।

दोस्रो हाफको ५२औं मिनेटमा बार्सिलोनाका लियोनल मेसीले गोल गरेपछि बार्साले खेलमा दोस्रोपटक अग्रता लियो । तर, ७२औं मिनेटमा ग्यारेथ बेलले एक गोल फर्काउँदै खेललाई २/२ गोलको बराबरीमा पुर्‍याए ।

यो बाराबरीसँगै स्पेनिस लिग च्याम्पियन बार्सिलोनाले आफ्नो कीर्तिमानी अपराजित यात्रालाई कायमै राखेको छ ।