बर्खास्त भए प्रदेश २ प्रमुख अहिराज, मिश्रको नाम सिफारिस - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

बर्खास्त भए प्रदेश २ प्रमुख अहिराज, मिश्रको नाम सिफारिस



काठमाडौं – प्रदेश २ को प्रदेश प्रमुखबाट राजेश झा अहिराजलाई हटाएर सरकारले हरिशंकर मिश्रलाई सिफारिस गरेको छ।

स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा सिफारिस गरेको बताइएको छ । मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। त्यस लगत्तै अहिराजले प्रदेश २ सरकारलाई असहयोग गर्न सुरू गरेका थिए ।

महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने उनी नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली कांग्रेसबाट सांसदमा निर्वाचित भएका थिए।