बर्दियामा बस दुर्घटना हुँदा एकको मृत्यु , १४ घाइते - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

बर्दियामा बस दुर्घटना हुँदा एकको मृत्यु , १४ घाइते



बर्दिया । बर्दियाको खैरापुर नजिक बिहीबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गुलरियादेखि भटेरातर्फ जाँदै गरेको ना ३ ख ८५५४ नं को बस दुर्घटना हुँदा बाँसगढी नगरपालिकाका अन्दाजी ४५ वर्षीय कर्ण बहादुर सुनारको मृत्यु भएको र १४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरूको नेपालगञ्ज मेडिकल कलेजमा र जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ । बस तिव्र गतिको कारण ग्रावेलमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । फाइल तस्वीर :