बर्दगोरियामा काठ तस्करी मौलाउदै  - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

बर्दगोरियामा काठ तस्करी मौलाउदै 



“वन कार्यालय मुखदर्शक बन्दा वनको काम प्रहरीले गर्दै “

उमेश थापा
बौनिया,कैैैलाली। कैलालीको  बर्दगोरिया गाउँपालिका वडा न:-३ बुटकौवाबाट मोटरसाइकल सहित एक गोलिया अवैध सालको काठ (लठ्ठा )बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय बौनियका इन्चार्ज रामचन्द्र पन्तको कमाण्डमा खटिएको गस्ती टोलिले उक्त अवैध काठ शुक्रबार साझ ६:०० बजेतिर बरामद गरेको हो।

से•२ प• २६६२ नम्बरको मोटरसाइकलमा राखी बौनिया बजारतिर ल्याउदै गरेको अबस्थामा प्रहरिको गस्ती टोलीले बरामद गरेको हो। गस्तिमा रहेको प्रहरिको टोलिलाई देख्नासाथ काठ तस्कर मोटरसाइकललाई छोडी भागेका थिए।

काठ तस्करको पहिचान भने हुनसकेको छैन। बरामद गरिएको एक गोलिया अवैध काठ (लठ्ठा) र मोटरसाइकल भने ईलाका प्रहरी कार्यालय बौनियाले आफ्नो नियन्त्रणमा लिएको छ।

यस अघि यहि बैशाख ११ गते मंगलबार पनि ईलाका प्रहरी कार्यालय बौनिया र ईलाका वन कार्यालय रामपुरले बिना नम्बर प्यलेटको ट्याक्टर सहित चार गोलिया अवैध सालका लठ्ठा बरामद गरेको थियो । यस अघिका तस्करको पहिचान नहुदै फेरि पनि हाकाहाकी अवैध काठ तस्कर हुनुले पनि यस क्षेत्रमा व्यापक अवैध काठ तस्करी हुनेगरेको पाईएको छ।