बार्दलीको पुरानो पोजमा ओली प्रचण्डको नयाँ फोटो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित राजनीतिक दलका नेताहरु शीतलनिवास जाँदैछन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाउन सबै दल सहमत भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था नदेखिएपछि एमालेले पहल थालेको थियो ।
“एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमतपार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ,” उनले भने, “दलहरुका तर्फबाट दाबी प्रस्तुत गर्न जाँदैछौँ ।” उनले एजेन्डामा आधारित सहमति गरेको बताए ।
शीतलनिवास जानुअघि ओली र दाहालले बालकोटको बार्दलीबाट शुभेच्छुकलाई संकेत गर्दै हात हल्लएका थिए ।