बर्दगोरियामा साढे ३१ करोडको बजेट : 'हरियो वन , बर्दगोरियाको धन' - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

बर्दगोरियामा साढे ३१ करोडको बजेट : ‘हरियो वन , बर्दगोरियाको धन’



‘विद्यालयमा नि:शुल्क सेनेटरी प्याड , शीत भण्डार निर्माण’

विशाल पाण्डेय / कैलाली ।

कैलालीको बर्दगोरिया गाँउपालिकाको पाँचौ गाँउसभा मंगलबार सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७६ /०७७ को नीति तथा कार्यक्रम र कुल ३१ करोड ५० लाख ८४ हजार बराबरको अनुमानित बजेट गाँउ सभामा बर्दगोरिया गाउपालिकाकी उपाध्यक्ष भगवती देवी डगौरा थारुले प्रस्तुत गरेकी थिइन् ।

गाउपालिकालाई राजस्व बाडफाटबाट कुल ८ करोड ५७ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । जस मध्ये संघिय सरकारको ८ करोड ३४ लाख र प्रदेश सरकारको २३ लाख ४६ हजार रकम प्राप्त हुने भएको हो । यस्तै संघको समानिकरणबाट ११ करोड १४ लाख, प्रदेशको समानिकरणबाट ७० लाख ७४ हजार, प्रदेशको सम्पुरक अनुदान १ करोड १३ लाख ४६ हजार, संघको सशर्त अनुदान ८ करोड १५ लाख, गाँउपालिकाको संचित कोषको १ करोड र सोही आर्थिक वर्षमा गाँउपालिकाको आन्तरीक राजस्वको अनुमान ८० लाख गरी कुल ३१ करोड ५० लाख ८४ हजारको अनुमानित बजेट गाँउपालिकाकी उपाध्यक्ष थारुले सभामा जानकारी दिइन् ।

कृषि पेशालाई मर्यादित र सम्मानित बनाउदै किसानहरुको आयस्तर बृद्धी गर्ने, सिचाईको पुर्ण ब्यवस्था मिलाउने, सित भण्डार निर्माणको पहल गर्ने, उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने लगाएतका नीति तथा कार्यक्रम उपाध्यक्ष चौधरीले प्रस्तुत गरेकी छिन् । बर्दगोरीया धाम र पुरैना ताललाई पर्यटक गन्तब्यको रुपमा विकासको पहल गर्ने , सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धी गर्न शिक्षा योजना निर्माण गर्ने, स्नातक कलेज तथा प्राविधिक शिक्षालय स्थापनामा जोड दिने, उत्कृष्ट विद्यालय, विद्यार्थी, बिषयगत शिक्षकहरुलाई पुरस्कारको ब्यवस्था गर्ने, ५० शैयाको अस्पताल स्थापना तथा संचालनमा जोड दिने, खेलकुद विकासमा क्लवहरुलाई प्रोत्सहान गर्ने, बिभिन्न समुदायको भाषा, कला, संस्कृती र परम्पराको संरक्षण तथा सम्बर्द्धन गर्ने, सामुदायिक विद्यालयहरुमा छात्राहरुलाई नि:शुल्क सेनेटरी प्याड वितरण गर्ने लगाएतका योजनाहरु गाउपालिकाले अघि सारेको छ ।

आगामि ५ वर्ष भित्र गाँउ स्वास्थ्य केन्द्र स्थापना गर्ने, एम्बुलेन्स सेवा उपलब्ध गर्ने, आगामि ५ वर्ष भित्र ट्रमा सेन्टरको स्थापना गर्ने तथा वाल बिवाहलाई निरुत्साहित गर्ने लगाएतका योजनाहरु गाँउ सरकारले अघि सारेको छ ।

आगामि २ वर्ष भित्र सडक ग्रावेल गर्ने कार्य सम्पन्न गरी कालोपत्रेलाई जोड दिने, नमुना स्मार्ट गाँउ निर्माण परियोजना लागु गर्ने, कम्तिमा ७ मिटर चौडा सडक र नाला निर्माण कार्यलाई अनिवार्य लागु गर्ने, “हरियो वन बर्दगोरीयाको धन” कार्यक्रम संचालनको पहल गर्ने, पालिकामा सेवा सुबिधालाई छिटो छरितो र जनउत्तरदायि बनाउने, योजना छनौट कार्यबिधि तयार पार्ने, गाँउपालिकालाई सुचना र संचार मैत्री बनाउने, भ्रस्टचार न्युनिकरणको नीति अवलम्बन गर्ने लगायतका नीति तथा कार्यक्रमहरु उपाध्यक्ष थारुले प्रस्तुत गरेकी थिइन् ।