बर्दगोरिया गाउँँपालिका स्तरिय संस्थागत विद्यालय खेलकुद प्रतियोगिता शुरु - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

बर्दगोरिया गाउँँपालिका स्तरिय संस्थागत विद्यालय खेलकुद प्रतियोगिता शुरु



बौनिया ,कैलाली । बर्दगोरिया गाउँँपालिका स्तरिय संस्थागत विद्यालय  खेलकुद प्रतियोगिता आजबाट शुरु भएको छ । बर्दगोरिया संस्थागत बिधालय संगठन (विप्सा) का अध्यक्ष प्रमोद मल्लको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउपालिकाका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो ।

बिशिस्ट अतिथिमा प्याब्सन कैलाली जिल्ला अध्यक्ष डिल्लिराज रेग्मि र प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद भुसाल रहनु भएको थियो । अन्य अतिथिहरुमा वडा न. १ देखि वडा न. ६ सम्मका वडाध्यक्षहरु जयरुप खतिवडा, भेखु चौधरी, करणे सुनार, पुरन सिं बि.सी., श्याम कुमारी चौधरी, रामकृष्ण डगौरा थारु (रन्जित), नेकपाका दिल बहादुर बि.क., नेपाली काङ्ग्रेसका गणेश शाही, रास्ट्रीय जनमोर्चाकी रुपा आले मगर लगायतले कार्यक्रमको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै बर्दगोरिया गाउपालिका अध्यक्ष थारुले खेलकुद राष्ट्रि र समाजलाइ चिनाउने माध्यम भएकाले गाउपालिकाबाट हुने कुनै पनि सहयोग गर्न आफु तयार बताउनु भयो । नेपालको शिक्षा नीति हाल सम्म पनि प्रस्ट नभएको भन्दै संस्थागत र सामुदायिक बिधालय नछुट्याइ समग्र शिक्षाको बिकाश र गुणस्तर सुधारका लागी सबै मिलेर जानु पर्ने कुरामा जोड दिनु भयो । खेलकुद प्रतियोगितामा गाउपालिका भित्रका १८ संस्थागत बिधालयको सभागिता रहेको छ ।

प्रतियोगिताका खेलकुद संयोजक बलराज भाट्को स्वागत मन्तव्य सङै शुरु भएको उद्घाटन कार्यक्रमको संचालन  बर्दगोरिया संस्थागत बिधालय संगठन (विप्सा) का सचिब बिकाश थापाले गर्नु भएको थियो । आजबाट शुरु भएको प्रतियोगिता १३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।