चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल : फोर्टिन जि आर र घोडाघोडि युवा क्लब विजयी   - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल : फोर्टिन जि आर र घोडाघोडि युवा क्लब विजयी  



हिमाल पोस्ट / सुखड ,कैलाली ।
सकडपुर बौनिया युवा क्लवको आयोजनामा कैलालीको बर्दगोरीया गाउपालिकामा बिहिवारबाट सुरु भएको चौथो बर्दगोरीया सेती लोकमार्ग खुल्ला फुटबल प्रतियोगितामा शनिबार पनि २ वटा खेल सम्पन्न भएका छन ।

शनिबार भएको पहिलो खेलमा फोर्टिन जि आर टिकापुर बिजयी भएको हो । फोर्टिन जि आरले हिमालयन युवा  क्लब मोतिपुरलाई शुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो । टिकापुरलाई जिताउने क्रममा कृष्ण चौधरी र जिबन शाहीले समान १–१ गोल गरेका थिए ।

यसै गरि शनिबार नै भएको दोस्रो खेलमा घोडाघोडी क्लब बिजयी भएको छ । घोडाघोडी क्लब सुखडले बर्दगोरिया युवा क्लब झगडपुरलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गरेको हो । घोडाघोडी क्लबका लागी प्रणय अन्जन दामले दुई र दशरथ गिरि ले १ गोल गरेका थीए ।

चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल प्रतियोगिताको मुख्य प्रबद्धकमा बर्दगोरिया गाउपालिका रहेको छ । भने मुख्य प्रायोजकमा सरस्वती एग्रो इन्डस्टृज रहेको छ ।
प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमशः नगद २ लाख र १ लाख मेडल, प्रमाणपत्र रहेको छ ।

प्रतियोगिता अन्तर्गत आईतबार सडकपुर बौनिया युवा क्लब बौनियाका बिरुद्ध शम्भु सुनन्दा क्लब चैनपुर बिच दिउसो १ बजे र आईतबारको अन्तिम खेल बुद्ध युवा क्लब टिकापुरका बिरुद्ध गौरिगङ्गा ११ स्पोर्ट्स क्लब बिच दिउसो ३ बजे खेल सञ्चालन हुने खेल संयोजक पुष्प भण्डारीले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा दर्शकको उल्लेखनीय सहभगिता रहेको प्रचार प्रसार संयोजक पदम ओझाले बताएका छन ।प्रतियोगितामा कैलाली जिल्लाका १९ वटा टिमहरुको सहभगिता रहेको छ ।