चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग फुटबल : शनिबार पनि दुई खेल हुदै - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग फुटबल : शनिबार पनि दुई खेल हुदै



राजेन्द्र रावल / बौनिया ।
सरस्वति एग्राे इण्डष्ट्रिज चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग राष्ट्रव्यापि खुल्ला फुटबल प्रतियाेगिताकाे तेस्रो दिन शनिबार (आज) पनि दुई खेल हुने भएका छन् ।

अाज हुने पहिलाे खेलमा दिउँसो १ बजे प्रतियोगिताकाे दाबेदार मानिएकाे १४ जि.अार एण्ड गाेल ट्रेनिङ सेन्टर टिकापुर बिरुद्ध हिमालय युवा क्लब माेतिपुर भिड्दा, दाेस्राे खेलमा प्रतियोगिताकाे अर्को दावेदार मानिएकाे घोडाघोडी युवा क्लब सुखड बिरुद्ध बर्दगाेरिया युवा क्लब झगडपुर अर्को चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नक अाउटकाे अाधारमा सञ्चालन भैरहेको प्रतियाेगितामा जिल्ला भित्रका विभिन्न १९ वटा टिमहरुकाे सहभागिता रहेकाे छ ।

कार्तिक ८ गते बाट सुरु भएको प्रतियोगिता कार्तिक २० गते सम्म चल्ने आयोजकले जनाएको छ । जसकाे विजेताले नगद २ लाख मेडल,ट्रफि र प्रमाणपत्र पाउँदा उप विजेताले १ लाख मेडल,ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनु पर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी १९ टिमहरुलाइ विभिन्न चार समुहमा विभाजन गरिएको छ ।