चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल प्रतियोगिताको उपाधी हाईबे बालबाटिकालाई - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल प्रतियोगिताको उपाधी हाईबे बालबाटिकालाई



हिमाल पोस्ट / सुखड ।
चौथो बर्दगोरिया सेति लोकमार्ग खुल्ला फुटबल प्रतियोगिताको उपाधी हाईबे बालबाटिका चुम्न सफल भएको छ । आज भएको एकदमै प्रतिस्पर्धात्मक खेलमा हाईबे बालबाटिकाले घोडाघोडी क्लब सुखडलाई ६ का विरुद्ध ५ गोलले पराजित गर्दै हाईबे बाल बाटिका उपाधी चुम्न सफल भएको हो ।

हाईबे बालबाटिका र घोडाघोडी क्लबबाट निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल पेनाल्टी शुट आउटमा लगिएको हो । घोडाघोडी क्लबले राम्रो खेलेतापनी गोल गर्न नसक्दा हार ब्यहोर्न बाध्य भएको हो । घोडाघोडि क्लब सुखडले पहिलो हाफमा पाएको पेनाल्टी शुटलाई घोडाघोडी क्लबका कप्तान राकेश हमालले सहि दिशा दिन नसक्दा खेल बराबरीमा सकिएको थियो ।

हाईबे बालबाटिकाले उपाधी चुमे संगै नगद २ लाख ,मेडल ट्रफी र प्रमाणपत्र समेत प्राप्त गरेको छ भने घोडाघोडी क्लब सुखडले उपबिजेता हुदै १ लाख मा चित्त बुझाएको हो ।

यो भन्दा पहिले आयोजक र पत्रकार बिच भएको मैत्री पुर्ण खेलमा आयोजक शुन्यका बिरुद्ध ५ गोलले पराजित गर्दै बिजयी भएको छ ।

कार्तिक ८ गते बाट सुरु भएको प्रतियोगिता आज समापन भएको हो । आज भएको समापन समारोहका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका अध्यक्ष चौधरिले खेलकुद क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताउनु भयो ।
समापन समारोहमा क्लबका उपाध्यक्ष जिवन बि सि को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउपालिका उपाध्यक्ष भगवती देवि डगौरा थारु,वडा न १ का अध्यक्ष जयरुप खतिवडा,२ का अध्यक्ष भेखु चौधरी,३ का अध्यक्ष कर्ने सुनार,नेकपाका नेता दिल बहादुर बिक,नेपाली काङ्ग्रेस का गणेश शाही, जनमोर्चाका रुपा आले मगर,मुडा बजार बिकास समितिका अध्यक्ष मिथुन गौतम,बसन्त मुरारी मा बि बिधालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुन्वर, लगाएतकाले शुभकामना राख्नु भएको थियो ।

सडकपुर बौनिया युवा क्लबका अध्यक्ष प्रकाश साउदको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी गाउपालिकाका अध्यक्ष बलिराम चौधरी रहनु भएको थियो ।

क्लबका सचिब धिरज शाहिले संचालन गरेको कार्यक्रममा दर्शकको उल्लेखनीय सहभगिता रहेको थियो । दर्शकलाई नियन्त्रण गर्न सुरक्षा कर्मिलाई समेत हम्मे हम्मे भएको थियो । आजको खेलमा करिब ८ हजार दर्शकको सहभगिता रहेको आयोजकले जनाएको छ ।