चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग फुटबल: हाइवे वाटिका एफ.सि सेमिफाइनलमा प्रवेश  - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग फुटबल: हाइवे वाटिका एफ.सि सेमिफाइनलमा प्रवेश 



राजेन्द्र रावल / बाैनिया ।
सरस्वति एग्राे इण्डष्ट्रिज चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला फुटबल प्रतियाेगिता २०७५ काे सेमिफाइनल पुग्ने पहिलाे टाेलि हाइवे वाटिका एफ.सि बाैनिया भएको छ ।

शुक्रबार बिहान भएको पहिलाे क्वाटरफाइनल खेलमा अायाेजक सडकपुर बाैनिया यूवा क्लब बि लाई चार शुन्यकाे गाेल अन्तरले हराउँदै हाइवे वाटिका एफ.सि सेमिफाइनल पुग्न सफल भएको हाे ।

हाइवे वाटिकाकाे जितमा बिक्रम सिह ठकुरिले दुई, भीष्म भाट र दिपु थापाले एक-एक गाेलकाे याेगदान गरेका थिय । प्रतियोगिता अन्तर्गत अाजै हुने अर्काे क्वाटरफाइनल खेलमा एच.बि.एन.एस राणा कम्पलेक्स विरुद्ध इन्द्रेणी यूवा क्लब नाैनिया सेमिफाइनल प्रवेसका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कार्तिक ८ गते बाट सुरु भएको प्रतियोगिता २० गते सम्म चल्नेछ । प्रतियोगितामा जिल्ला भित्रका विभिन्न १९ वटा टिमहरुकाे सहभागिता रहेको छ । प्रथम पुरस्कार २ लाख,मेडल ट्रफि र प्रमाणपत्र रहेकाे प्रतियोगिता काे उपविजेता ले १ लाख,मेडल ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताकाे मुख्य प्रबर्दकमा बर्दगाेरिया गाउपालिका रहेकाे छ भने मुख्य प्रायोजक सरस्वति एग्राे इण्डष्ट्रिज रहेकाे छ ।