चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल : क्वाटरफाईनल समीकरण भोली पुरा हुने - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल : क्वाटरफाईनल समीकरण भोली पुरा हुने



राजेन्द्र रावल / बौनिया ।
सकडपुर बौनिया युवा क्लवको आयोजनामा कैलालीको बर्दगोरीया गाउपालिकामा भइरहेको चौथो बर्दगोरीया सेती लोकमार्ग खुल्ला फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण भोली बिहीबार पुरा हुने भएको छ ।

बिहीबार दिउसो भोली १२ वजे हुने हाईवेप्लाजा नववालबाटिका र गौरीगङ्गा ११ स्पोर्टस क्लब र दिउसो ३ वजे हुने राणा कप्मप्लेक्स एच.बि.एन.एस र १४ जी .आर एण्ड गोल टे«नीङ्ग सेन्टर टिकापुर बिचको खेलको समाप्तीपछी क्वाटरफाईनल समीकरण पुरा हुने आयोजक क्लबका अध्यक्ष प्रकास साउदले जानकारी दिएका छन् ।

प्रतियोगीतामा यस अघी नै आयोजक सडकपुर बानिया यूवा क्लब को ए र बि टिम संगै,ईन्द्रेणी यूवा क्लब नौनीया,जी.एच आर. एफ.सी टिकापुर ,घोडाघोडी क्लब सुखड र पी.एफ.ए अत्तरीया क्वाटरफाईनल पुगी सकेका छन् ।

क्वाटरफाईनल खेलहरु १६ र १७ गते सञ्चालन हुनेछन् । कात्तिक ८ गतेबाट सुरु भएको प्रतियोगीता २० गते सम्म चल्नेछ ।

चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल प्रतियोगिताको मुख्य प्रबद्धकमा बर्दगोरिया गाउपालिका रहेको छ । भने मुख्य प्रायोजकमा सरस्वती एग्रो इन्डस्टृज रहेको छ ।
प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमशः नगद २ लाख र १ लाख मेडल, प्रमाणपत्र रहेको छ ।

प्रतियोगितामा कैलाली जिल्लाका भीत्रका बिभीन्न १९ वटा टिमहरुको सहभगिता रहेको संयोजक पुष्प भण्डारीले जानकारी दिनु भएको छ ।