चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल: जि.एच.आर.एफ.सी क्वाटरफाइनलमा प्रवेश - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल: जि.एच.आर.एफ.सी क्वाटरफाइनलमा प्रवेश



राजेन्द्र रावल / बौनिया ।
सकडपुर बौनिया युवा क्लवको आयोजनामा कैलालीको बर्दगोरीया गाउपालिकामा भइरहेको चौथो बर्दगोरीया सेतीलोक मार्ग खुल्ला फुटबल प्रतियोगितामा मंगलबार बाट दोश्रो चरणका खेलहरु सुरु भएका छन ।

मंगलबार भएको दोश्रो चरणको पहीलो खेलमा प्रतियोगीताको दावेदार मानीएको सुदुरपश्चिम ११ लाई दुई शुन्यको गोल अन्तरले हराउदै प्रतियोगीताको अर्का दावेदार जि.एच.आर.एफसी टिकापुर क्वाटरफाईनलमा प्रवेस गर्न सफल भएको छ ।

सुदुरपश्चिमलाई हराउने क्रममा जि.एच.आर.एफसी को तर्फबाट गणेस बडुवाल र मनीराम चौधरीले टिमका लागी एक एक गोलको योगदान गरेका थीय । दुबै गोल खेलको दोश्रो हाफमा भएका थीय । खेलको पहीलो हामफमा प्राप्त थुप्रै अवसरहरुलाई दुबै टिमले गोलमा परीणत गर्न नसक्दा पहीलो हाफ बिना कुनै गोल सम्पन्न भएको थीयो ।

खेलको अन्तीम समयमा प्राप्त पेनाल्टीमा जि.एच.आर.एफसी का मनीराम चौधरीले गोल गर्न असफल हुदा जि.एच.आर.एफसीले गोल अन्तर वडाउने अवसर गुमाएको थीयो । जि.एच.आर.एफसी टीकापुरको क्वाटरफाईनल खेल आयोजक सडकपुर बौनिया (ए) संग हुनेछ ।

चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल प्रतियोगिताको मुख्य प्रबद्धकमा बर्दगोरिया गाउपालिका रहेको छ भने मुख्य प्रायोजकमा सरस्वती एग्रो इन्डस्ट्रीज रहेको छ ।

प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमशः नगद २ लाख र १ लाख मेडल, प्रमाणपत्र रहेको छ । प्रतियोगिता अन्तर्गत बुधबार कुनै पनि खेल नहुने र बिहीबार दुई खेल हुने खेल संयोजक पुष्प भण्डारीले जानकारी दिएका छन । प्रतियोगितामा कैलाली जिल्लाका १९ वटा टिमहरुको सहभगिता रहेको छ ।