बर्दगाेरिया सेती लाेकमार्ग फुटबल : दाेस्राे चरणकाे खेल सुुुरु, जि.एच.अार.एफसि विरुद्ध सुदुरपश्चिम ११ भिड्दै  - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

बर्दगाेरिया सेती लाेकमार्ग फुटबल : दाेस्राे चरणकाे खेल सुुुरु, जि.एच.अार.एफसि विरुद्ध सुदुरपश्चिम ११ भिड्दै 



राजेन्द्र रावल / बौनिया,कैैैलाली ।

सरस्वति एग्राे इण्डष्ट्रिज चाैथाे बर्दगाेरिया सेती लाेकमार्ग राष्ट्रव्यापि खुल्ला फुटबल प्रतियाेगिताकाे छैटाें दिन अाज मंगलबार एक खेल हुने भएका छ ।

अाज दिउँसो ३ बजे प्रतियोगिताकाे दाबेदार मानिएकाे जि.एच.अार.एफसि टिकापुर बिरुद्ध सुदुरपश्चिम ११ दाेस्राे चरणकाे पहिलाे खेलमा प्रतिस्पर्धा गर्नेछन्।

नक अाउटकाे अाधारमा सञ्चालन भैरहेको प्रतियाेगितामा जिल्ला भित्रका विभिन्न १९ वटा टिमहरुकाे सहभागिता रहेकाे प्रतियोगिता संयाेजक पुष्प भण्डारी ले बताउनु भएको छ ।

कार्तिक ८ गते बाट सुरु भएको प्रतियोगिता कार्तिक २० गते सम्म चल्नेछ,जसकाे विजेताले नगद २ लाख मेडल,ट्रफि र प्रमाणपत्र पाउँदा उप विजेताले १ लाख मेडल,ट्रफि र प्रमाणपत्र मा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगितामा दिन प्रतिदिन दर्शकहरुकाे संख्यामा उल्लेख्य बृध्दि भैरहेकाे प्रचारप्रसार संयाेजक पदम राज अाेझाले जानकारि दिनु भएको छ । प्रतियोगितामा सहभागी १९ टिमहरुलाइ विभिन्न चार समुहमा विभाजन गरिएको छ ।