चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल :  पि.एफ.ए द्धारा पशुपतीको पोष्टमा गोलको बर्षा  - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल :  पि.एफ.ए द्धारा पशुपतीको पोष्टमा गोलको बर्षा 



राजेन्द्र रावल / कैैैलाली ।
सकडपुर बौनिया युवा क्लवको आयोजनामा कैलालीको बर्दगोरीया गाउपालिकामा भइरहेको चौथो बर्दगोरीया सेतीलोक मार्ग खुल्ला फुटबल प्रतियोगितामा सोमबार बाट पहीलो चरणका खेलहरु सम्पन्न भएका छन ।

सोमबार भएको पहीलो चरणको अन्तीम खेलमा प्रतियोगीताको दावेदार मानीएको पि.एफ.ए स्पोर्टस अत्तरीयाले पशुपति युवा क्लब रानीकुण्डा माथी १२ सुन्यको फराकीलो जीत दर्ता गर्दै दोश्रो चरणमा प्रवेस गर्न सफल भएको छ ।

पि.एफ.ए लाई फराकीलो अन्तरले जीताउने क्रममा बिसाल राई एक्लैले ह्याट्रीक सहित पाच गोल गर्दा अशोक चौधरीले समेत ह्याट्रीक सहित चार गोल गरेका थीय ।

यस्तै नरेन्द्र रावत,जनक देउवा र आसिष श्रेष्टले टिमका लागी समान एक एक गोलको योगदान गरेका थीय ।
सोही खेलमा प्रतियोगीताकै पहीलो रातो कार्ड पशुपतीका टिम क्याप्टेन नीतीन टमट्टाले पाउदा अन्य तीन जना खेलाडीले पहेलो कार्ड प्राप्त गरेका थीय ।

चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल प्रतियोगिताको मुख्य प्रबद्धकमा बर्दगोरिया गाउपालिका रहेको छ । भने मुख्य प्रायोजकमा सरस्वती एग्रो इन्डस्टृज रहेको छ ।
प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमशः नगद २ लाख र १ लाख मेडल, प्रमाणपत्र रहेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार दोश्रो चरणको पहीलो खेलमा जि.एच.आर.एफसी टिकापुर र सुदुरपश्चिम ११ प्रतिस्पर्दा गर्ने खेल संयोजक पुष्प भण्डारीले जानकारी दिनु भएको छ । प्रतियोगितामा कैलाली जिल्लाका १९ वटा टिमहरुको सहभगिता रहेको छ ।