बर्दगोरियामा खुल्ला फुटबल प्रतियोगिताको आयोजना, सातवटै प्रदेशका क्लबहरुको सहभागीता रहने   - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

बर्दगोरियामा खुल्ला फुटबल प्रतियोगिताको आयोजना, सातवटै प्रदेशका क्लबहरुको सहभागीता रहने  



मंगल बास्कोटे / कैलाली ।

चौथो बर्दगोरिया सेति लोकमार्ग खुल्ला रास्ट्रव्यापी फुटबल प्रतियोगिता २०७५ को आयोजना हुने भएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सडकपुर बौनिया युवा क्लबले आसन्न कार्तिक ८ गते देखि २० गते सम्म सञ्चालन हुने गरि प्रतियोगिता आयोजना गरिएको  आज पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष प्रकाश साउदले बिगतका बर्ष झै यस बर्ष पनि खेलाडीहरुको क्षमता बिकास तथा उत्कृष्ट खेलाडी उत्पादनका साथै कैलालीको खक्रोउलालाई शुन्य पोईन्ट मानेर टिकापुर,लम्की,सडकपुर बौनिया,डोटी,अछाम,मानसरोवर ,तक्लाकोट हुदै चाईनाको सिमा सम्म रहेको सेतिलोक मार्ग र बर्दगोरिया क्षेत्रको बिकास र पहिचानका निमित्त खेलको आयोजना गर्न लागेको बताउनु भयो ।

खुल्ला रास्ट्रव्यापी  फुटबल प्रतियोगिता २०७५ लाई यस क्षेत्रका ८० हजार देखि १ लाख दर्शकले अवलोक गर्ने अनुमान गरिएको छ । प्रतियोगिताको समुत्घाटन प्रदेश नं.७ का सामाजिक बिकास मन्त्रि दिर्घ बहादुर सोडारीद्धारा हुने बताईएको छ ।

प्रतियोगिता आयोजनामा करिब १४ लाख भन्दा बढि रुपैया खर्च हुने र खेलकुदबाट बचत भएको रकम यस क्षेत्रको खेलकुद तथा सामाजिक कार्यमा लगानी गर्ने आर्थिक संयोजक बिकास मल्लले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ ।

खुल्ला रास्ट्रव्यापी फुटबल प्रतियोगितामा देशका ७ वटै प्रदेशका लगभग २५ वटा क्लबले सहभागिता जनाउने आकलन गरिएका छ । प्रतियोगितामा प्रथम हुने टिमलाई हाईवे क्षेत्रमा अहिले सम्मकै ठुलो नगद पुरस्कार रु २ लाख प्रदान गरिने खेलकुद संयोजक पुष्प भण्डारीले जानकारी दिनु भयो । यस्तै दोस्रो हुने टिमलाई १ लाख,उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोल रक्षकलाई ५ हजार ५ सय,सबै भन्दा बढी गोल गर्ने लाई ५ हजार ५ सय ५५ नगद प्रदान गरिने आयोजकले जनाएको छ ।