कांग्रेस बर्दगोरियाद्वारा ६० वर्ष माथिका ज्येष्ठ सदस्यलाई सम्मान - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

कांग्रेस बर्दगोरियाद्वारा ६० वर्ष माथिका ज्येष्ठ सदस्यलाई सम्मान



कैलाली । नेपाली कांग्रेस बर्दगोरियाले पार्टीका क्रियाशिल ज्येष्ठ सदस्यलाई बिहीबार सम्मान गरेको छ ।

दुईदिने नेतृत्व बिकास सम्बन्धि तालिमका अवसरमा नेपाली कांग्रेस बर्दगोरियाले ६० वर्ष भन्दा माथिका २१ जनालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । निरन्तर रुपमा पार्टीमा क्रियाशिल भइ काम गर्दै आएका ज्येष्ठ सदस्यलाई सम्मान गरिएको क्षेत्रीय सदस्यसिद्ध ढुङ्गाले जानकारी दिए ।

जीपि फाउन्डेसन कैलालीद्वारा आयोजित कार्यक्रममा गाउँपालिका अन्तर्गतका ६ वटै वडाबाट ६० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियोे । सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर-१ मा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

लोकतान्त्रिक गणतन्त्रका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपि फाउन्डेसन कैलालीले जिल्लाभर प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा प्रशिक्षक जीपि फाउन्डेसन कैलालीका संयोजक यज्ञनीधि कोइराला, बिजय श्रेष्ठ, कृष्ण पाण्डेय, रिता चौधरी लगायतले दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेता र नेतृत्वमा हुनुपर्ने गुण, कार्यशैली, प्रभाकारी भाषण कला र तत्व, भाषणको तयारी, प्रस्तुति लगायत विषयमा प्रशिक्षण दिइएको कांग्रेस बर्दगोरियाले जनाएको छ ।
कार्यक्रममा कांग्रेसको ऐतिहासिक पृष्ठभुमि, नेतृत्वमा हुनुपर्ने गुण, सीप र दक्षता, संगठन निर्माण, सुदृढीकरण, लोकतान्त्रिक जीवन पद्धतिका विषयमा तालिम दिइएको सभापति बर्दगोरिया सभापति गणेश शाहीले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रम जेठ २९ र ३० गते संचालन गरिएको हो ।