बर्दगोरिया गाउपालिका -४ द्बारा शैक्षिक सामाग्री वितरण - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

बर्दगोरिया गाउपालिका -४ द्बारा शैक्षिक सामाग्री वितरण



पदम ओझा / बौनिया ।

बर्दगोरिया गाउँपालिका वडा नं ४ ले गरिब, बिपन्न तथा जेहन्दार बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरेको छ । वडा नं ४ ले आज एक कार्यक्रमको आयोजना गरि उक्त छात्रवृत्ति बितरण गरेको हो ।

वडा नं ४ भित्रका मा. बि. कोटातुल्सिपुर , कालिका मा. बि . नौनियाँ र जगन्नाथ प्रा. बि. निमुवाबोझीका २०/२० जना छात्रा छात्रहरु लाई विद्यालयको छनोटको आधारमा शैक्षिक सामाग्री बितरण गरिएको वडा अध्यक्ष पुरन सिंह बिसिले जानकारी दिए ।

उक्त विद्यालयका ६० जनालाई वडा अध्यक्ष बिसिले झोला , किताब ,कलम लगायतका शैक्षिक सामग्री बितरण गर्नुभएको हो । सो छात्रवृत्ति लिन बाकी बिद्यार्थीहरुले वडा नं ४ को कार्यालयमा सम्पर्क गरि आफ्नो शैक्षिक सामग्री लिन वडा कार्यालयले अनुरोध गरेको छ । सो अवसरमा कालिका माबिका शिक्षक प्रमोद साउद,वडा सचिब दुर्गा प्रसाद ओझाको पनि सहभागिता रहेको थियो ।