बार्सिलोनाको अपराजित यात्रा कायम - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

बार्सिलोनाको अपराजित यात्रा कायम



काठमाडौं : 

बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राखेको छ। गएराति भएको खेलमा उसले मालागालाई २-० ले पराजित गर्‍यो।

बार्सिलोनाको जितमा गेरार्ड डेउलेफु र आन्द्रेस इनिस्टाले १-१ गोल गरे। खेलको दोस्रो मिनेटमा नै डेउलेफुको गोलबाट लिएको अग्रता ५६औं मिनेटमा इनिस्टाले दोब्बर पारे। त्यसपछि प्राप्त केही सुन्दर मौका भने बार्सिलोनाले सदुपयोग गर्न सकेन। जितसँगै अंक तालिकामा बार्सिलोनाले २५ अंक पुर्‍याएको छ।

समान खेल खेलेको भ्यालेन्सिया २१ अंकसहित दोस्रो स्थानमा छ। यस्तै गएराति नै भएका खेलमा भ्यालेन्सियाले सेफियालाई ४-० तथा रियल बेटिसले अलाभेजलाई २-० ले पराजित गर्दा लेभान्ते र गेटाफेले १-१ गोलको बराबरी खेलेका छन्।