बार्सिलोनाले जित्यो उपाधि, नमज्जाले हार्यो सेभिल्ला - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

बार्सिलोनाले जित्यो उपाधि, नमज्जाले हार्यो सेभिल्ला



बार्सिलोनाले यो वर्षको पहिलो प्रमुख उपाधि कोपा डेल रे फुटबलको उपाधि उचालेको छ ।

कोपा डेल रे फुटबलको फाइनल अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लालाई ५–० ले हराउँदै उपाधि उचालेको हो । बार्सिलोनाले योसँगै लगातार चार सिजन कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

बार्सिलोनाले पहिलो हाफमा नै ३–० को अग्रता लियो भने दोस्रो हाफमा थप दुई गोल गरेको हो । घरेलु मैदानमा सेभिल्ला निरिह देखियो ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वारेजले दुई तथा लियोनल मेस्सी, आन्द्रेस इनिएस्टा, फिलिप कोन्टिन्होले एक एक गोल गरे ।

स्वारेजले १४ र ४० औँ मिनेटमा गरी दुई गोल गरेका हुन् । स्वारेजले दोस्रो गोल गर्नुअघि मेस्सीले ३१ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा इनिएस्टाले गोल गरे ।

उनले ५२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता ४–० मा लगे । ६९ औँ मिनेटमा पाएको पेनाल्टीमा कोन्टिन्होले गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भयो र लगातार चौाथो सिजन कोपा डेल रेको उपाधि उचाल्यो ।

बार्सिलोना ला लिगामा पनि उपाधि नजिक छ । उसका लागि एक जित वा एथ्लेटिको मड्रिडको एक हार उपाधिका लागि पर्याप्त छ ।

दोस्रो स्थानको एथ्लेटिको मड्रिड आइतबार राति रियल बेटिससँग खेल्दैछ । यो खेलमा एथ्लेटिको पराजित भएमा बार्सिलोनाले ला लिगाको उपाधि पनि पक्का गर्नेछ ।