बार्सिलोनाले भिल्लारियललाई फराकिलो अन्तरले हरायो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बार्सिलोनाले भिल्लारियललाई फराकिलो अन्तरले हरायो



बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत बुधबार भिल्लारियललाई फराकिलो अन्तरले हराएको छ।

अपराजित रहेको बार्साले लिग जित्ने क्रममा भिल्लारियलमाथि गएराति ५-१ को जित दर्ता गरेको हो।

सुरूदेखिनै खेललाई नियन्त्रणमा लिएको बार्सिलोनाले खेलको ११ औं मिनेटमा फिलिप कोउटिन्होको गोलबाट अग्रता लिएको थियो।

त्यसको ५ मिनेटपछि पाउलिन्होको गोल गर्दै अग्रता दोब्बर पारे। पहिलो हाफको अन्तिममा आन्द्रेश इनिएस्टाको पासमा लियोनल मेसीले गोल गर्दै अग्रता ३-० मा पुर्‍याए।

दोस्रो हाफमा केही सुधारिएको खेल खेले पनि भिल्लारियलले बार्सालाई रोक्न सकेन। दोस्रो हाफको सुरूमै निकोला सान्सोनेले भिल्लारियलका लागि गोल गर्दै खेलमा फर्कने आशा देखाए। तर, अन्तिम तीन मिनेटमा ओस्मान डेम्बेलेले २ गोल गर्दै बार्सिलोनाको सहज जित पक्का गरे।

लिगमा खेलेको सबै ३६ खेलमा कुनै खेल नहारी ९० अंक जोडेको बार्सिलोनाले उपाधि नजिक पुगेको छ। समान ३६ खेलमा एट्लेटिकोको ७५ तथा रियलको ७२ अंक छ।