बराबरीमै खुसी म्याराडोना - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

बराबरीमै खुसी म्याराडोना



एजेन्सी , मस्को । रसिया विश्वकपमा अर्जेन्टिनाको खेल हेर्न पुगेका डिएगो म्याराडोना बराबरी नतिजासँगै खुसी देखिएका छन् ।

अक्सर अर्जेन्टिनाले बराबरी वा हार नतिजा आत्मसात् गर्दा म्यारोडोना रिसाउने गर्छन् । उनले तत्काल प्रतिक्रिया दिन्छन् । विश्वकपमै पहिलोपटक सहभागी भएको राष्ट्र आइसल्यान्डसँग १–१ को बराबरीमै अर्जेन्टिना रोकिँदा म्यारोडोना दंग नै देखिन्थे ।

रंगशालामा म्याराडोना सामान्य दर्शक प्याराफिटमै रहेर अर्जेन्टिनाको पूरै खेल हेरेका थिए । अन्तर्राष्ट्रिय मिडियाहरूले म्याराडोनाको प्रत्येक गतिविधिलाई ठूलो स्किनमा देखाइरहेका थिए । अर्जेन्टिनी समर्थकहरू म्याराडोना रंगशालामा देख्दा खुसीले उफ्रिए ।

म्याराडोनाले आफ्नो एकल प्रदर्शनमा अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप उपाधि दिलाएका थिए । सन् १९९० को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि म्याराडोना नै नायक बने । सन् २००६ को विश्वकपमा उनको प्रशिक्षणमा अर्जेन्टिना नकआउट चरणबाटै बाहिरिएको थियो ।