बार मतगणना अपडेट : चण्डेश्वर श्रेष्ठ अगाडी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बार मतगणना अपडेट : चण्डेश्वर श्रेष्ठ अगाडी



कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले निकटतम प्रतिद्वन्द्वीभन्दा ७० मतको झिनो अन्तरले अग्रता लिएका छन् । गणना भएको मतअनुसार उनले दुई हजार ४४५ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी बृहत लोकतान्त्रिकका तर्फबाट अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले दुई हजार ३७५ मत ल्याएर पछ्याइरका छन् ।

त्यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका लिलामणि पौडेलले दुई हजार ४४५ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले दुई हजार ३१४ मत ल्याएर पछ्याइरका छन् । अहिले काठमाडौं उपत्यकाको दुई हजार २२३ मत गणना भएको छ भने उपत्यका बाहिरको तीन हजार ४८६ मत गणना भइसकेको निर्वाचन समितिका सदस्य शिवप्रसाद रिजालले जानकारी दिए ।

अब काठमाडौं उपत्यकाको दुई जिल्ला अदालत ललितपुर र भक्तपुरसहित सर्वोच्च अदालत बार इकाईको मत गणना भइसकेको छ भने, अब काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालत बार इकाईको मत गणना बाँकी रहेको उनले जानकारी दिए । यी दुई बार इकाईको मत गणना बिहीबार गरिने उनले जानकारी दिए । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।