बाँकेमा माइक्रोबस र ट्रक जुध्दा ६ जनाको मृत्यु ,१८ घाइते   - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बाँकेमा माइक्रोबस र ट्रक जुध्दा ६ जनाको मृत्यु ,१८ घाइते  



बाँके । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको शमशेरगन्ज नजिकैको मुवाखोला भन्ने स्थानमा शनिबार बिहान यात्रुबाहक माइक्रोबस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको  छ ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुईजनाको उपचारको क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १८ जनालाई उद्धार गरी कोहोलपुर स्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।