खसी माग्ने डीएसपीलाई कारबाही: एक तह घटुवा हुनसक्ने - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

खसी माग्ने डीएसपीलाई कारबाही: एक तह घटुवा हुनसक्ने



बाँके– तरूण दलका नेतासँग खसी माग्ने बाँकेका डीएसपी हेमबहादुर शाहीलाई विभागीय कारबाही हुने भएको छ ।

तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरी आचरणविपरित खसी मागेको आरोप पुष्टि भएपछि उनलाई कारबाही गर्न सिफारिस गरिएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा गठित छानविन समितिले आइतबार प्रदेश नम्बर ५ का प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलाई प्रतिवेदन बुझाउँदै शाहीलाई विभागीय कारबाही सिफारिस गरेको हो ।

प्रहरी आचरणमा विभागीय कारबाही एक तहसम्म घटुवा गर्न सम्मको सकिने व्यवस्था छ ।