बाङ्ग्लादेशी क्रिकेट टोली आक्रमणबाट संयोगले बाचे - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बाङ्ग्लादेशी क्रिकेट टोली आक्रमणबाट संयोगले बाचे



काठमाडौँ । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा कयौ मानिसहरुकोको मृत्युु भएको खवर सार्वजनिक गरिएको छ ।

आक्रमणकारीले आक्रमण गरिहरेको भिडिओहरु सामाजिक सञ्जालमा लाईभ आएपछि न्यूजिल्याण्ड प्रहरीले इन्टरनेटबाट फुटेजहरु हटाएको छ । आक्रमणको समयमा बा्ङग्लादेशी खेलाडिहरुपनि सो घटनास्थलमा रहेको समाचारहरुमा जनाईएको छ ।आक्रमण लगत्तै बाङ्ग्लादेशी टेस्ट क्रिकेट टोलीका कप्तानले आफू सो आक्रमणबाट संयोगले जोगिएको भन्दै ट्वीट गरेका छन्।

आक्रमण हुँदा बाङ्ग्लादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए।बाङ्ग्लादेशी क्रिकेट बोर्डले पनि टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेको जानकारी गराएको छ । खेलाडीहले पनि समाजिक सञ्जालबाट आफुहरु सुरक्षित रहेको जानकारीहरु दिईरहेका छन । एजेन्सी