बानेश्वरको बाटोमै क्षतविछ्यत भएको शव भेटियो - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

बानेश्वरको बाटोमै क्षतविछ्यत भएको शव भेटियो



काठमाडौं । नयाँ बानेश्वरमा बिहानै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाउनेको विभत्स शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ ।

‘सडकमा शवसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटनास्थलमा रहेका प्रहरी जवानले भने, ‘दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन ।’

उनले शवको टाउको क्षतविछ्यत भएकाले पहिचान गर्न कठिन भएको पनि बताए । सवारी दुर्घटना नै भएपनि ठूलो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको वा अन्य कारणबाट दुर्घटना भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।