बानेश्वरमा शनिवार बृहत् सरसफाइ कार्यक्रम - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

बानेश्वरमा शनिवार बृहत् सरसफाइ कार्यक्रम



काठमाडौं- नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले शनिवार बृहत् सरसफाइको कार्यक्रम आयोजना गरेको छ। नयाँ वानेश्वर व्यापार व्यवसायी सङ्घले यसअघि पनि यस्ता खालका कार्यक्रम आयोजना गर्दै आइरहेको छ।

शनिवार बिहान ७;३० बजे सुरु हुने सरसफाइ कार्यक्रम शंखमुलदेखि सुरु हुनेछ।

‘हाम्रो बानेश्वर राम्रो बानेश्वर’ अभियान अन्तर्गत हुने यो कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह लगायतको उपस्थिति रहने संस्थाका अध्यक्ष रामशरण गिरीले जानकारी दिए।

बानेश्वर एरिया सफा र सुन्दर हुनुपर्ने र सबैले सरसफाइको संस्कार बसाल्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको संस्थाका कोषाध्यक्ष रमेशमान शाक्यले जानकारी दिए। उनले सङ्घले अहिलेसम्म व्यवसायीको हक र हितको लागि लडिरहेको पनि अवगत गराए