बानेश्वरमा खुकुरी हानाहान

काठमाडौंको नयाँ बानेश्वरमा होली खेल्नेहरुबीच खुकुरी हानहान हुँदा दुई जना घाइते भएका छन्।
महानगरीय प्रहरी बृत नयाँ बानेश्वरका अनुसार घाइते हुनेमा सौगात केसी र छत्र भण्डारी रहेका छन्।
घटनालाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो।

