बन्दीपुरमा बस दुर्घटना,१३ यात्रु घाइते - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बन्दीपुरमा बस दुर्घटना,१३ यात्रु घाइते



बन्दीपुर– पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–५ ढावमा यात्रु बस दुर्घटनामा परेको छ ।

नारायणगढबाट बेनीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

बा ४ ख ५९८८ नं को बस दुर्घटनामा परि घाइते भएकाहरुको डुम्रे बजारस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बस सडकसँग जोडिएको खेतको गह्रामा पुगेको थियो ।