बँदेल अब हानिकारक बन्यजन्तुको सूचीमा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बँदेल अब हानिकारक बन्यजन्तुको सूचीमा



काठमाडौं- वन तथा वातावरण मन्त्रालयले जंगली बँदेललाई हानिकारक जनावरको सूचीमा राखेको छ।

हानिकारक जनावर घोषणा गरिएसँगै अब बँदेललाई स्थानीयले मार्नसम्म पाउने भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन्।

मन्त्रालयले जंगली बँदेललाई ०७६/०७७ सम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो। बँदेल नेपालका प्रायः सबैजसो जिल्लामा पाइन्छ।

बँदेललाई मन्त्रालयले अनुज्ञापत्रविनै धपाउन, पक्रन वा मार्न सकिने निर्णय गरेको छ।

मन्त्रालयका सहसचिव डा.सिन्धुप्रसाद ढुंगानाले भने, ‘किसानको बालीमा हानी गरेकाले यसलाई मार्न सक्ने गरी हानिकारक बन्यजन्तु घोषणा गरेका हौँ।’

हानिकारक जनावर घोषणा गरेर मार्न अनुमति दिएसँगै कृषि बालीमा हानी नपुर्याउने बँदेल पनि जोखिममा पर्ने सम्भावना बढेको छ।

बँदेलबाहेक बाँदर, चितुवा, नीलगाई, हात्तीलगायत जन्तुले कृषि बालीमा हानी पुर्याएको भनेर उजुरी आएको ढुंगानाले बताए।