बाँदरमुढे घटनालाई उछालेर गलत तत्वहरूले फाइदा लिन खोजेका छन् : प्रचण्ड - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बाँदरमुढे घटनालाई उछालेर गलत तत्वहरूले फाइदा लिन खोजेका छन् : प्रचण्ड



माडी (चितवन), मंसिर १७ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्दमा भूलवस भएको बाँदरमुढे घटनालाई राजनीतिक लाभका लागि उपयोग गरिएको बताएका छन ।

चितवनको माडी नगरपालिकाको बसन्तपुरमा आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बाँदरमुढे घटनालाई उछालेर फाइदा लिन खोजिएको बताए ।

“जनयुद्दको जगमा नै गणतन्त्रको स्थापना भएको हो, संविधान सभाबाट संविधान बन्न सकेको हो ।” अध्यक्ष प्रचण्डले भने, “तर त्यो क्रममा केही गल्ती पनि भएका छन, त्यसमध्ये बाँदरमुढे घटना सबैभन्दा ठूलो र स्तब्ध पार्ने घटना थियो । मैले र पार्टीले यो घटनामा गल्ती भएको धेरै पटक स्वीकार गरिसकेका हौ पनि । तर, कतिपयले यसलाई बल्झाई राख्न खोजे ।”

आफू पहिलोपटक प्रधानमन्त्री भएपछि पीडितहरूलाई भेटेर राहतलगायत अन्य मागहरू सम्बोधन गर्न खोजे पनि कतिपय कारणले सम्भव नभएको प्रचण्डले बताए ।

लामो समयदेखि बिरोधमा रहेका पीडितहरूले आफूलार्इ स्वागत गरेकोमा धन्यवाद दिदै अध्यक्ष प्रचण्डले माओवादी पार्टी र अब बन्ने सरकारबाट पीडितहरूका माग पुरा गर्ने प्रतिवद्दता व्यक्त गरे ।

“मैले पीडितहरूसँग माओवादी केन्द्रको अध्यक्षको हैसियतले तीन बूँदे सहमति गरेको छू ।” अध्यक्ष प्रचण्डले, “अहिले केपी ओलीजीले पनि त्यो प्रतिवद्दता व्यक्त गर्नु भो, यो अब बन्ने सरकारको प्रतिवद्दता हो, तपाईहरूका कुरा सुन्न सरकार नै आएको छ, तपाईहरूले बिगतको तितो बिर्सेर सही निर्णय गर्नु भएको छ, तपाईहरूको विवेकसम्मत निर्णयका लागि धन्यवाद दिन चाहान्छु ।”

सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मतदातालाई प्रलोभनमा पार्न ठूलो चलखेल भइरहेकोमा आक्रोश व्यक्त गरे । चितवनका बिभिन्न बस्तीमा मतदातालाई पैसा, मासू र रक्सी बाँडिएको सुनेको बताऊँदै अध्यक्ष प्रचण्डले चितवनका जनतालाई किन्न नसकिने बताए । “के चितवनका जनता भेडा बाख्रा हुन ? के चितवनका जनताको विवेकलाई पैसाले किन्न सकिन्छ ?” अध्यक्ष प्रचण्डले प्रश्न गरे “म पैसा बाडँन सक्दिन, मासू र रक्सी खुवाउन पनि सक्दिन, मलाई चितवनका जनता विवेकी र स्वाभिमानी छन भन्ने थाहा छ, मलाई यहाँका जनताप्रति पूरा विश्वास छ ।”

चितवन जिल्लालाई विकासको नमूनाका रूपमा लैजाने योजना प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले चीनको तिब्बत र भारतको कलकत्ता जोड्ने ‘हब’ को रूपमा माडीलाई विकास गर्ने बताए । केरुङदेखि कलकत्ता जोड्ने राजमार्ग माडी भएर जाने उनले बताए ।

माडीका जनताका समस्याहरुलाई एकीकृत समृद माडी विकास प्याकेज अन्तर्गत हल गर्ने उनले बताए । निञ्कुज क्षेत्रमा पिभीसी वालसहितको जाली, रिउ खोलामा तटबन्ध, माडीमा रिङरोड लगायतका योजनामार्फत बिकासलाई गति दिने प्रचण्डले बताए ।

आइतबारको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले समेत सम्बोधन गरेका थिए । यसक्षेत्रको विकासमा अध्यक्ष ओलीले समेत प्रतिवद्दता व्यक्त गरेकोले चितवन र माडी राष्ट्रिय तथा अन्तराष्ट्रिय चासोको केन्द्र बनेको अध्यक्ष प्रचण्डले बताए ।