समानुपातिक उम्मेदवारको बन्दसूची स्वतः खारेज - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

समानुपातिक उम्मेदवारको बन्दसूची स्वतः खारेज



काठमाडौं- गत चुनावका लागि राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची असोज १ गते रातिबाट खारेज हुने भएको छ।

आयोगले २०७४ सालको चुनावको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्। उनले बन्दसूची सम्बन्धी सूचना प्रकाशित गरी आयोगको निर्णयबारे जानकारी दिएका हुन्।

राजनीतिक दलहरूसँग गरेको छलफलका आधारमै आयोगले यस्तो निर्णय गरेको जनाइएको छ। आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने समय असोज २ र ३ गते तोकेको छ।

त्यसअघि गत निर्वाचनको बन्दसूची स्वतः खारेज हुने निर्णय गरेको हो। यस सम्बन्धी जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, राष्ट्रिय सभा र राजनीतिक दललाई दिइसकेको आयोगले जनाएको छ।