बन्दको प्रभाव: दुईवटा गाडीमा आगजनी, हेटौंडामा शंकास्पद वस्तु - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

बन्दको प्रभाव: दुईवटा गाडीमा आगजनी, हेटौंडामा शंकास्पद वस्तु



काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुई वटा सवारी साधनमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले गाडीमा आगजनी गरेका हुन् ।

यसैगरी हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेको बताइकोछ ।

बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो ।

आगजनीका कारण कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ट्रकको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै फेला परेको शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा पनि शंकास्पद वस्तु फेला परेको छ ।

विप्लव नेकपाले आफ्नो पार्टीका काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्दको आह्वान गरेको छ ।